प्रधानमन्त्री प्रचण्डले भने–विज्ञान, प्रविधि र नवप्रर्वनमा उच्च प्राथमिकता दिनुपर्छ (पूर्णपाठ)

by समतल अनलाइन

कम्पाला । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘विज्ञान, प्रविधि र नव प्रर्वन’ मा असंललग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । नामको १९ औँ शिखर सम्मेलनलाई आज (शुक्रबार) सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान विश्वमा गेम चेन्जरका रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नव प्रर्वन’ मा नामले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले विज्ञान, प्रविधि र नवप्रर्वनमा उच्च प्राथमिकता दिनुपर्छ ।’ नामका धेरै सहयात्री देशहरूले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

विश्वव्यापीकरण विश्वास गरिए अनुरुप अगाडि नबढेको बताउँदै प्रचण्डले यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशरूको हातमा सम्पत्ति केन्द्रित गरेको उल्लेख गरे । उनले विश्वव्यापीकरणबाट आधा मानवलाई समृद्धिको यात्राबाट बहिष्करणमा पारिएको उल्लेख गर्दै त्यसलाई विकसित विश्वले बुझ्नुपर्ने बताए । ‘नाम’ ले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उनले बताए ।

उनले नामले संयुक्त राष्ट्रसङ्घका साथै विश्वव्यापी वित्तीय संरचना र व्यापारिक व्यवस्थालाई विकासशील देशहरूको आवश्यकताप्रति उत्तरदायी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रा बहुपक्षीय संस्थाहरू समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ, जसले गर्दा वहुआयामिक विश्वव्यापी समस्याहरूको समाधान गरी दिगो शान्ति र साझा समृद्धि सुनिश्चित गर्न सहयोग गर्छ ।’ प्रधानमन्त्री प्रचण्डले बढ्दो द्वन्द्व, गरिबी, भोकमरी, असमानता र अनेकौँ समस्याले निम्त्याएका विकासका साझा चुनौतीहरूलाई सम्बोधन गर्न ‘नाम’ले नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
पूर्णपाठ

 
 
  
 

You may also like