दार्चुलामा बस दुर्घटना, चालकसहित १४ जना घाइते, दुईको अवस्था गम्भीर

by समतल अनलाइन

दार्चुला । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ खिमटडीमा दुर्घटना भएको हो ।

दुर्घटना परी चालकसहित १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको परिचय अहिले खुल्न सकेको छैन । घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like