पूर्वराजाले गरे गढीमाईमा पूजाआजा, स्थानीयद्वारा पक्षमा नाराबाजी

by समतल अनलाइन

बारा । पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिकस्थल गढीमाई मन्दिरमा बिहीबार पूजापाठ गरेका छन् । पूर्वराजा शाहले बिहीबार साँझ गढीमाई मन्दिर पुगी पूजापाठ गरेको उनी निकट स्रोतले जानकारी दिएका छन् ।

पूर्वराजाको सम्मानमा माघ १३ गते वीरगञ्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । पूर्वराजा शाह केही दिनयता बारा, पर्सा, रौतहट र सर्लाहीको भ्रमणमा छन् । गढीमाई पुगेका पूर्वराजालाई स्थानीयले स्वागत गरेका थिए । स्थानीयहरुले पूर्वराजाका पक्षमा नाराबाजी समेत गरेका थिए । स्थानीयहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा कसको जनताको, जनता कसको राजाको’ लगायतका नाराहरू लगाएका थिए ।

 
 
  
 

You may also like