विश्वका शान्ति मुलुकको सूचीमा नेपाल १२ स्थानमा पर्यो, पुच्छारमा निकारागुवा

by समतल अनलाइन

एजेन्सी । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ । आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, गैर–लाभकारी अनुसन्धान संस्था हो जुन विश्वमा शान्ति, सकारात्मकताप्रति सबै राष्ट्रलाई केन्द्रित गराउन समर्पित रहेको छ ।

आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा यसले १६३ स्वतन्त्र राष्ट्रहरुमा जारी घरेलु र अन्तर्रा्ष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायत २३ संकेतकहरुको आधारमा मूल्याङ्कन गरि सूचित गर्ने गरेको छ ।

यस्तोमा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ । २०१९ को रिपोर्टअनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको पाइएको हो ।

सूचीमा आइसल्यान्ड पहिलो स्थान कायम राख्न सफल भएको छ जहाँ अपराधको स्तर अत्यन्तै कम र सुरक्षाको उच्च अवस्थामा रहेको बताइएको छ ।

रिर्पोटका अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ । त्यस्तै दोस्रोमा न्यूजील्यान्ड त्यसपछि पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा छन् । स्वीट्जरल्यान्ड ११ मा छ भने दक्षिण एसियाबाट भूटान १५ र मलेशिया १६ अनि ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा रहेका छन् ।

शान्तिमा सबैभन्दा अगाडि रहेको युरोपेली क्षेत्र अन्तर्गत बेलायत पनि यो वर्ष पाँच स्थान अगाडि ४५ मा आएको छ । २०१८ मा युरोपमा हत्या र हिंसा सबैभन्दा चरम अवस्थामा पुगेको बताइएको छ । यता अमेरिका पनि चार स्थान तल १२८ औँ स्थानमा पुगेको छ ।

यो पटकको सूचीमा दक्षिण एसियाली क्षेत्रमा भने ठूलो सुधार देखिएको छ जसका लागि नेपाल, पाकिस्तान र भूटानलाई श्रेय दिइएको हो । दुईस्थान माथि आउँदै १५ औँ मा पुगेको भूटानले शान्तिका चार संकेतकमा राम्रो अंक प्राप्त गरेको छ र पुलिसदर र अतिक्रमण दरमा मात्र यसको स्कोर दुईभन्दा कम रहेको छ ।

रिपोर्टमा जनाइएअनुसार दक्षिण एसियामा अन्य क्षेत्रको तुलनामा आपराधिक समस्या कम छ र राजनीतिक रुपमा मात्र अशान्त छ । नेपाल भने यो वर्ष १२ स्थानले माथि आउँदै ७६ मा पुगेको छ । दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण मुलुक हो ।

नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । तर यता भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो । त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ । रुस यसको ठीक तल १५४ स्थानमा रहेको छ । चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ ।

यो वर्ष अफगानिस्तान सिरियालाई प्रतिस्थापन गरि विश्वकै सबैभन्दा अशान्त देश बन्न पुगेको छ । यसपछि दक्षिण सुडान, अफ्रिकन रिपब्लिक इराक र कङ्गो पनि सबैभन्दा अशान्त देशहरुमा पर्दछन् । हाल युद्ध जारी रहेका मुलुकमा सिरिया, अफगानिस्तान, यमन, दक्षिण सुडान र पाकिस्तान रहेका छन् भने सैनिकीकरण धेरै भइरहेको देशमा इजरायल, रुस, अमेरिका, उत्तर कोरिया र फ्रान्स रहेका छन् ।

यसरी २०१९ को रिपोर्टमा सबैभन्दा धेरै स्थानले माथि आउने देशहरुमा रुवान्डा, नर्थ मेकेडोनिया, जोर्डान, ग्रिस, इन्डोनेशिया, नेपाल, ताजकिस्तान, कतार, इस्वातिनी रहेका छन् । त्यस्तै सबैभन्दा खराब प्रस्तुती निकारागुवाको रहेको बताइएको छ जुन ५४ स्थानले तल झरेको हो ।

Share this:

 
 
  
 

You may also like