१९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई हरायो

by समतल अनलाइन

काठमाडौँ । नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप अघिको अभ्यास खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । नेपालले स्कटल्याण्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा जितेको हो ।

जितका लागि ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर एक बलमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसअघि भएको अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई १३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

नेपालले अन्तिम अभ्यास खेल पर्सि मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुने विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

 
 
  
 

You may also like