नमस्ते नेपालद्वारा यातायात कार्यलयलाई बुझायाे ध्यानाकर्षण पत्र

by समतल अनलाइन

बुटवल । सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता र लापरबाही भएको भन्दै नमस्ते नेपालले यातायात व्यवस्था कार्यालयमा पत्र बुझाएको छ

केन्द्रीय समितिको टोलिले आज रुपन्देहि यातायात व्यवस्था कार्यालयमा पत्र बुझाएका हुन् । साथै अनुमति पत्र वितरणमा अनियमितता भएको, लापरबाही र ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेको भन्दै उनीहरुले कार्यालयमै पुगेर कार्यल नि. कार्यलय प्रमुख सुमन पौडेल उपस्तिथ नभएकोले कार्यबाहक प्रमुख मोहन पौडेललाइ ध्यानाकर्षण पत्र बुझाएका छन्

पत्रचारको करमा संथाका संथापक साथै संरक्षक अर्जुन खरेलले उनीहरुले ‘ढुंगे युगको अनलाइन फारमः भर्नेलाई भन्दा हेर्नेलाई शरम’ साथै ड्राभिइ इन्टुट को मिलेमह्तोमा पैसाले लाइसन किन्ने पास गराउने खाल्को प्रविधि बडिरहेको र यस्ता खाल्का गतिविधि रोक्नु पर्ने भन्दै आफ्नो धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष मनिष भुषालले आज भन्दा पाच वर्ष अगाडि यसैगारि हामिले मन्त्रालय मा प्रत्र बुझाएको तर त्यसपछि झन अनियमिता झन बढेको र त्यो पत्रले केहि काम नभएकोले पुन कार्यलयमा आएरनै पत्र बुझाए को बताए ।

संस्थाका केन्द्रय सदस मधुसुदन नेपाल (बिपिन) ले यातायात कार्यलयले बनाउने स्माट लाइसनमा कुनै पनि किसिमले सेवाग्राहिको अनुहार चिन नसकिने र कार्यलयमा भएको तेस्रो व्यतिबाट विभिन तरिकाले रकम लिहि रसिद काट्ने प्रविधि बढिरहेको बताएका थिए। अन्तिमा बोल्दै संस्थाका उपाध्यक्ष सुशिल सुविदिले यस्ता खाल्का गतिविधि अब नरोकिएमा र पुन हामि आउनु परेमा सबुत सहित आउने जनाएका छन ।
यातायात कार्यालयमा बिचौलियामार्फत हुने सास्ती कम गर्न, समयमै सवारी चालक अनुमति पत्र दिने व्यवस्था गर्न र अनुमत्री पत्र नवीकरणमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न माग राखि ध्यानाकर्षण पत्र संस्थाका सचिव सन्दिप पौडेलले पढि पत्र बुझाएका थिए ।
ध्यानाकर्षण पत्र यस्तो रहेको छ

 
 
  
 

You may also like