बुटवल देविनगरमा रहेको प्रगति माविले विविध कार्यक्रम गरि रजत जयन्ति मनाउंदै

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ स्थित प्रगति माविले विद्यालयले रजत जयन्ती गर्ने भएको छ। २५ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि रजत जयन्ती गर्ने भएको हो।

बुधबार पत्रकार सम्मेलन गर्दै विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ देखि ७ गते सम्म सप्ताहब्यापी कार्यक्रम गरि मनाउने तयारी भएको बताइन् । उनले विद्यालयमा विद्यालयस्तरीय खेलकुद, सास्कृतिक झाकि, अक्षयकोष छात्रवृत्ति वितरण, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुती, सम्मान, स्मारिका बिमोचन तथा दीपावली सहितका कार्यक्रम गरि मनाउने भएको बताईन ।

कार्यक्रममा विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा बिस २०५४ सालमा स्थापना भएको विद्यालय शैक्षिक योगदान दिदै आएको बताए । श्रमिक, गरिब, जनजातीहरुका छोराछोरीहरुलाई शिक्षा दिदै आएको विद्यालय नगरको पहुचमा पुग्न नसकेको अवस्थामा पनि स्थानिय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए । विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए । बिस २०७२ सालमा भकम्पबाट प्रभावित विद्यालय पुर्ननिर्माण गर्न नसकिएको उनले बताए। सरकारको दृष्टिकोण सामुदायिक विद्यालयमम केवल १० प्रतिशत रकम बजेट पर्याप्त नभएको उनले बताए । विद्यालयले पहिलोपटक प्रगति माबि स्मारिका प्रकाशन गर्न लागिएको उनले बताए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार भोज बहादुर केसी, विद्यालयका शिक्षक अभिभावक समितिका अध्यक्ष लोकनाथ शर्माले विद्यालयमा सबैको सहयोग जरुरी रहेको बताए । विद्यालयमा हाल २१ शिक्षक, कर्मचारी र ६ सय विद्यार्थीहरु अध्ययरत छन ।

 
 
  
 

You may also like