आशिष कप ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण हुँदै

by समतल अनलाइन

बुटवल।आशिष कप ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । आशिष स्टेशनरीको मुख्य प्रायोजन र लायन्स क्लब अफ बुटवल स्टारको सहकार्यमा हुने पुसको २७ र २८ गते तेस्रो लुम्बिनी प्रदेश स्तरिय आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरि आशिष स्र्पोटसका संचालक आयुषकृष्ण श्रेष्ठले तेस्रो संस्करणमा प्रदेशस्तरको मेन्स सिगल, मेन्स डबल्स र भेट्रान्स ४५ वर्ष माथि गरि ३ ईभेन्टमा प्रतियोगिता हुने बताए । प्रतियोगितालाई ब्यवस्थित गर्ने लक्ष्यसहित यसपटक केन्द्रबाट नै वरिष्ठ एम्पायर उदय अर्यालसहितको टिम ल्याएर खेल खेलाउने उनले बताए ।

युवा खेलाडीहरुलाई मुख्य लक्षित गरिएको प्रतियोगितामा सिगल ईभेन्टमा लुम्बिनी प्रदेशका सबै स्तरका खेलाडी र डबल्समा भने युवा खेलाडीहरुलाई जोड दिएको उनले बताए । प्रतियोगितामा धेरै खेलाडी सहभागी हुने टिमलाई खेलकुद सामग्री तथा बाहिरी जिल्लाका पहिलो २० जना खेलाडीहरुलाई आवासको सुविधा दिने उनले बताए ।

कार्यक्रममा एम्पायर अर्जुन कार्किले मेन्स सिगलमा प्रथम टिमले १५ हजार, द्घितिय ८ हजार र तृतिय टिमलाई ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्घितियले २० हजार र तृतिय टिमले १६ हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने भने भेट्रान्स ४५ वर्ष माथिको प्रथम टिमले २० हजार, द्घितिय १५ हजार र तृतिय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगिताको बेस्ट, पाच जना राइजिङ, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने उनले बताए ।

टप आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको उनले बताए ।कार्यक्रम संयोजक राम बहादुर शाहीले तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा हुने प्रतियोगितामा भेट्रान्स ३२, मेन्स सिगल १६ टिम, मेन्स डबल्समा सय बढि टिम सहभागी हुने बताए ।कार्यक्रममा लायन्स डिष्ट्रिक एलसिआईएफ कोअर्डिनेटर सन्दिप कशौधनले विगत दुई संस्करणमा उत्कृष्ट आयोजना गरेको प्रतियोगितालाई आगामी दिनमा परिस्कृत गरिने बताए ।युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित विद्यालयस्तरका प्रतियोगितालाई जोड दिने उनले बताए ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष रिन्कु लिगलले सामाजिक क्षेत्रमा पहिचान बनाएको क्लब खेल क्षेत्रमा समेत अग्रसर रहेको बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा साढे ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

 
 
  
 

You may also like