रुद्रपुर माध्यमिक बिद्यालयको ४९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

by समतल अनलाइन

कञ्चन रुद्रपुर माध्यमिक बिद्यालय, कञ्चन ४ अस्नैया रुपन्देहीको ४९ औं बार्षिक उत्सव तथा अभिभाव दिवस एक कार्यक्रमका बिच सम्पन्न भएको छ। बिद्यालयको शैक्षिक गुणस्तरियता र ब्यबहारिक शिक्षामा जोड दिनु पर्ने वक्ताहरुले बिचार ब्यक्त गरेका छन।

कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अवको शिक्षा सकारात्मक सोंच बृद्धिका लागि हुनुपर्नेमा जोड दिनु भएको छ। अव बिद्यालय शिक्षाले कितावी ज्ञान संगसंगै सामान्य ठानिएका ब्यहारिक ज्ञान र बिधार्थीको सोंचमा सकारात्मक धारणाको बिकास गर्ने शिक्षा दिन सकिएको अवस्थामा बिधार्थी असल र सभ्य नागरिकको रुपमा बिकास हुने अध्यक्ष ढकालले बिचार ब्यक्त गर्नु भएको थियो। बिद्यालय तह देखि उच्च शिक्षा हासिल गर्दा समेत बिधार्थीको सोंचमा निरासा र बेचैनी देखा पर्दछ भने त्यो शिक्षा र शिक्षक पुर्ण रुपमा असफल भएको बुझ्नु पर्ने बिचार ब्यक्त गर्दै कुनै पनि भौतिक बिकासको र गुणस्तरियता र दिगोपना दिन भएको कुनै पनि बिकास कार्य र गतिबिधी प्रति अपनत्व त्यही क्षेत्रका नागरिकहरुमा बनाउनका लागि मानविय बिकास हुनु जरुरी रहेको अध्यक्ष ढकालले बताउनु भयो । अध्यक्ष ढकालले मानविय बिकासमा सकारात्मक धारणाको बिकास गर्न शिक्षाको महत्व हुने भएकोले पालिकाको ध्यान शिक्षा र स्वास्थ्यमा बढि केन्द्रित भएको बताउनु भयो।

फरक प्रसंगमा बिचार ब्यक्त गर्दै अध्यक्ष ढकालले पालिकाको आन्तरिक श्रोत न्युन भएको र न्युन श्रोतलाई पनि अधिक्तम उपयोग गर्ने अवधारणाका साथ हरेक कार्यक्रमहरु संचालन गर्दै गर्दा बिगतका बर्षहरुमा भएको पालिकाको आन्तरिक आम्दानीलाई बृद्धि गरेपछि पालिका भित्रका केही महत्वपुर्ण योजनाहरु संचालन गर्न सम्भव भइरहेको जानकारी दिनु भयो । यसैगरी पालिकाले कञ्चनका भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा अब्यस्थित बसोबासीहरुलाई सहज रुपमा जग्गाधनी पुर्जा दिने योजनाका साथ राष्ट्रिय भुमि आयोग र सरकारलाई राजश्व घटाउन पहल गरिरहेको बताउदै राजश्वमा केही हेरफेर हुनासाथ कञ्चनका करिब २ हजार जग्गाधनी पुर्जा वितरणका लागि अन्तिम तयारी पुरा समेत भइसकेको अध्यक्ष ढकालले बताउनु भयो।

यसैगरी कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको शिक्षामा मौजुदा शैक्षिक पाठ्यक्रमबाटै भएपनि बिधार्थीहरुमा देशभक्तीको भावना बिकास गर्नु जरुरी रहेकोजोड दिनु भएको छ। परम्परागत शैली र शिक्षण बिधिलाई ब्रेक थ्रु गरेर अवको शिक्षाले “देशमै केही गर्छु” भन्ने धारणाको सकारात्मक सोंचको बिकास गर्ने शिक्षण बिधि र शैली अवलम्वन गर्नुको कुनै विकल्प नरहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो। अभिभावक, बिधार्थी, शिक्षक तथा समाजका अगुवाहरुको आपसी समन्वय र सहकार्यले मात्र त्यो बिद्यालयको हरेक पक्षको सन्तुलित बिकास हुने उपाध्यक्ष थापा मगरले बताउनु भयो।
वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले बिद्यालयमा अध्यापन गर्न आउने शिक्षक तथा शिक्षिका अनि बिधार्थीहरुले म बिद्यालयमा किन आइरहेको छु र मेरो जिम्मेवारी के हो भन्ने आधारभुत ज्ञानलाई आत्मसात नगर्दासम्म शैक्षिक अवस्थामा कुनै परिवर्तन नआउने बिचार ब्यक्त गर्नु भयो।
यसैगरी कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले बिधार्थीमा अनुशासन र शिक्षकहरुमा कर्तब्यबोधको बिकास नभएसम्म बिद्यालयका हरेक गतिबिधि पुर्ण रुपमा असफल हुने बताउनु भयो।

बिद्यालयमा संचालन हुने कुनै पनि कार्यक्रममा बिधार्थी, शिक्षक र अभिभावकहरुको ध्यान कार्यक्रमप्रति लक्षित हुदैन भने त्यो बिद्यालय र शिक्षक कर्मचारी ब्यबहारिक रुपमा असफल भएको ठान्नु पर्ने बिचार ब्यक्त गर्दै बिद्यालयमा शिक्षण गर्दै गर्दा शिक्षकले र अध्ययन गर्दै गर्दा बिधार्थीहरुले आफ््नो जिम्मेवारी र कर्तब्यलाई शिरोधार्य गर्ने बानीको बिकासमा ध्यान दिनु पर्ने प्रवक्ता तुलाचनले जोड दिनु भयो। अवको बिद्यालय शिक्षा भनेको आफ्नो बिद्यालयमा उपलब्ध श्रोत साधनलाई अधिक्तम उपयोग गरेर ब्यबहारिक शिक्षा अन्तर्गत पढ्दै कमाउदै शैक्षिक क्रियाकलाप संचालन गर्न सकेमात्र बिधार्थीहरुले बिद्यालयतहको अध्ययन पुरा गरेपछि पनि आफुसंग केही सिप भएको अनुभुती गर्ने प्रवक्ता तुलाचनले बताउनु भयो।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले बिद्यालयको बार्षिक शैक्षिक प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयलाई सभ्य, अनुशासति र अव्वलल नागरिक उत्पादन गर्ने शैक्षिक थलोको
रुपमा बिकास गर्ने योजनालाई प्राथमिकता दिइने बताउनु भयो। बिद्यालयलाई प्रविधि र प्राविधिक, ब्यबहासिक र सिपयुक्त शिक्षा प्रदान गर्ने संस्थाको रुपमा बिकास गर्न स्थानीय तह, प्रदेश र संघिय सरकारसंगको सहकार्य र समन्वयलाई प्राथमिकता दिई बिद्यालय संचालन गर्ने योजना अगाडी बढाउने प्रतिबद्धता समेत प्रधानाध्यापक पौडेलले बताउनु भयो।

कार्यक्रममा नेपाली कांग्रेसका देरिाम रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेम प्रसाद पोख्रेल, राष्ट्रिय जनमोर्चाका प्रजापति सापकोटा, हरैया बहुमुखी कयाम्पस ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी शर्मा, रुद्रपुर खानेपानी उपभोक्र तथा सरसफाई संस्थाका अध्यक्ष नाम बहादुर के.सी., रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अधयक्ष हिमाल थापा, निवर्तमान प्रधानाध्यापक पिताम्बर भट्टराई लगायतले वक्ताहरुले बिद्यालयको शैक्षिक गुणस्तरियता र ब्यबहारिक शिक्षालाई मुख्य मेरुदण्डको रुपमा योजना बनाएर अगाडी बढ्न नसके शैक्षिक उपलब्धी प्रमाण पत्रमा मात्र सिमिति हुने बताउनु भएको थियो। अवको शिक्षण विधिले बिधार्थीहरुको मस्तिष्कमा जसरी नी पास हुनुपर्छ भन्ने कथनलाई भन्दा देशको असल, इमान्दार, सभ्य बफादार नागरिक बन्नु पर्छ भन्ने सोंचको बिकास गर्नु जरुरी रहेको वक्ताहरुले बताउनु भएको थियो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चिरञ्जिवी खनालको अध्यक्षतामा तथा सहायक प्रधानाध्यापक ध्रुव पौडेलको स्वागत तथा शिक्षकहरु चन्द्र बहादुर आले, लक्ष्मी घिमिरे र प्रकाश क्षेत्रीले संचालन गर्नु भएको कार्यक्रममा बिधार्थीहरुद्वारा लागुऔषध दुर्ब्यसनी बिरुद्धको सडक नाटक तथा नृत्य प्रस्तुत गएिको थियो । कार्यक्रममा निवर्तमान बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनोद कुमार पुन, निवर्तमान प्रधानाध्यापक पिताम्र भट्टराई, अक्षयकोषदाता कुल बहादुर राजकोटी, चन्द्र बहादुर सार्की, बिधार्थी आकृति राना र बिद्यालयको अतिरिक्त कृयाकलापका बिभिन्न खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता बिधार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like