पाल्पाको भुतखोला जंगलमा मानव कङ्काल फेला

by समतल अनलाइन

पाल्पा । पाल्पामा मानव कङ्काल फेला परेको छ । जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ३ भूतखोला माथिको जङ्गलमा बिहीबार बिहान मानव कङ्काल स्थानीयले देखेपछि दोभान प्रहरी चौकीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार जंगलको बीच र निकै अप्ठ्यारो ठाउँमा खप्पर, हातखुट्टा र करङसहितको शरीरका विभिन्न भागका हड्डीहरू (मानव कंकाल) भेटिएको हो ।

त्यसको केहि माथि रूखमा कमिज बाँधिएको भेटिएको छ । कमिजमा झुण्डिएको र कुहिएपछि तल झरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बेवारिसे अवस्थामा भेटिएको उक्त मानव कंकाल पुरुष वा महिला कसको हो भन्ने अहिलेसम्म खुलेको छैन्।

उक्त कंकाल कसको हो र के कारणले घटना भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए।

 
 
  
 

You may also like