कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (सोमबार) कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

बिहानको समयमा देशका पूर्वी तराई र पश्चिम तराईका एक–दुई स्थानमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । मंगलबार कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

 
 
  
 

You may also like