राष्ट्रिय भन्सार एजेन्ट परिषद रुपन्देहीमा अर्याल

by समतल अनलाइन

भैरहवा । राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ । परिषदको आज सम्पन्न प्रथम साधारण सभा तथा अधिबेशनले सुर्य नारायण अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।

परिषदको बरिष्ठ उपाध्यक्षमा सुमन शर्मा, उपाध्यक्षमा बाँकेप्रसाद भेडिघर(नविन पाल) सागर भण्डारी सचिवमाा देवराज न्यौपाने, सहसचिवमा हेमाकुमारी शर्मा र कोषाध्यक्षमा अशोक शर्मा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा रवि गौतम, गोबिन्द रेग्मी, अमनकुमार गुप्ता, उमेश पोखरेल, नेत्र भट्टराई, राजु बस्नेत, विनोद तेली, धर्मराज अर्याल, दीपक न्यौपाने, राजु अधिकारी चयन भएका छन् ।
साधारण सभा तथा अधिबेशनको राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका राष्ट्रिय अध्यक्ष भोलानाथ अर्यालले उद्घाटन गरेका थिए । सो अबसरमा बोल्दै अध्यक्ष अर्यालले भन्सार एजेण्टलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न माग गर्दै यसलाई थप मर्यादित बनाउदै लैजानेमा जोड दिए ।

 
 
  
 

You may also like