पाल्पा रैनादेवी-छहरा रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन

by समतल अनलाइन

बुटवल । पाल्पा रैनादेवी-छहरा रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन भएको छ।

शनिबार बुटवल देविनगरस्थित स्याडोज कटेजमा भएको भेलाले राम बहादुर खत्रीको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो।

पाल्पा जिल्लाको रैनादेवी-छहराबाट रुपन्देहीमा आई बसोबास गर्नेहरूको शनिबार सम्पन्न पहिलो भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा गोमा भट्टराई , सचिवमा मदन पौडेल, कोषाध्यक्षमा कृष्ण भण्डारी , सह-सचिवमा शंकर घर्ती चयन भएका छन ।

त्यसैगरी सदस्यहरूमा गोपाल प्रसाद न्यौपाने , हिम केसि , अमृत ब्यवहारे, गेहेन्द्र न्यौपाने, देवलाल अर्घाली , लोकनाथ पाण्डे, भुवन कार्की र खडक राना चयन भएका छन ।

पहिलो भेलाबाट तदर्थ समिति गठन गरिएको हुँदा छिट्टै पहिलो अधिवेशन आयोजना गरेर पूर्ण कार्यसमिति बनाउने समितिले जनाएको छ।

 
 
  
 

You may also like