चेल्सी र फुलहम ईएफएलको सेमिफाइनलमा

by समतल अनलाइन

काठमाडौं । चेल्सी र फुलहम ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । गए रातिको खेलमा जित दर्ता गरेसँगै यी दुई टोलीेले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

चेल्सीको स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा न्युकासलसँग घरेलु टोली १६ औं मिनेटमै एक गोलले पछि परेको थियो। कालुम विल्सनले गोल गरेपछि न्युकासल एक गोलले अघि थिय । ९० मिनेटसम्म अग्रता कायमै राखे पनि चेल्सीले स्टपेज समयमा गोल फर्कायो। माखियालो मुद्रकले ९२ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि पेनाल्टीबाट विजेता छनोट गरिएको हो । पेनाल्टीमा चेल्सीले ४–२ ले बाजी मार्‍यो ।

त्यस्तै अर्को खेलमा फुलहमसँग एभर्टन पेनाल्टी सुटआउटमै पराजित भएको छ । घरेलु मैदानमा एभर्टन एक गोलले पछि परेको थियो । ४१ औं मिनेटमा माइकल किनले आत्मघाती गोल गरे। तर ८२ औं मिनेटमा बेटोले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । एक–एकको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा फुलहमले ७–६ ले जित्यो । इएफएल कपको आज हुने अन्तिम क्वाटरफाइनल खेलमा लिभरपुलले वेस्ट ह्यामको सामना गर्नेछ । मिडल्सबर्ग पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

 
 
  
 

You may also like