जाजरकोट भूकम्पपछि मृत्यु हुनेको संख्या २९ पुग्यो, चिसोले थप एक महिलाको मृत्यु

by समतल अनलाइन

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी एक महिलाको ज्यान गएको छ । छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए ।

भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो । भूकम्पले उनको दुईटै घर पूर्णरुपमा क्षति बनाएको छ । पीडित परिवारलाई राहतका नाममा पाल, केही न्यायो कपडा र खाद्यान्न उपलब्ध गराइएको थियो । दुवै घर भत्किएकाले पीडित परिवारले सहयोगका लागि अपिल गरेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले धेरैलाई घरबारविहीन बनाएको छ । केही घर पूर्णरुपमा भत्किएका छन् भने अधिकांश घर चर्किएका छन् । घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ । भूकम्पपछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जना को मृत्यु भइसकेको छ ।

 
 
  
 

You may also like