बैंकिङ कसुर मुद्दामा आठ करोड बिगो कायम भएका फरार प्रतिवादी पक्राउ

by समतल अनलाइन

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।

अदालतबाट बिगो कायम भएका फरार प्रतिवादी शेरबहादुर मगरलाई कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ हात्तिवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

 
 
  
 

You may also like