लुम्बिनीमा लैँगिक समानता विषयक कार्यशाला

by समतल अनलाइन

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजना तथा शताब्दी रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र लैँगिक सामानता र सामाजिक समावेशीकरणको विषयमा कार्यक्रम संयोजक ज्योति पौडेलले प्रस्तुतिकरण दिएकी थिईन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका उपमेयर कल्पना हरिजनले समाजमा लैँगिक समानता कायम राख्नुपर्ने बताईन् ।जेष्ठ,अपांग,दलित र अल्पसंख्यकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै पालिकाबाट उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताईन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,वडाअध्यक्ष तथा कार्यपालिका सदस्य,शताब्दी रिसर्चका टिम,नगरपालिकाका शाखा प्रमुख तथा महिला कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गरेका थिए ।

 
 
  
 

You may also like