पहिलो पाइला बुटवल शाखासँगै अन्य संस्थाको सहयोगमा निशुल्क आँखा उपचार शिविर सम्पन्न

by समतल अनलाइन

बुटवल। पहिलाे पाईला नेपाल बुटवल शाखाकाे आयाेजना,मित्र समाज नेपालको सहयोग तथा मेट्राे आई केयर काठमाडौ र मेट्राे आई केयर लुम्बिनीकाे प्राविधिक सहयाेगमा निशुल्क आँखा उपचार शिविर तथा माेतियाविन्दुकाे निशुल्क अपरेशन गर्ने कार्यक्रम समापन गरिएकाे छ ।

पहिलाे पाईला नेपाल बुटवल शाखाले बुटवल आसपासकाे क्षेत्रमा २०८० मंसिर १५ गतेवाट १९ गतेसम्म समुदायस्तरमा आँखा राेगीहरुलाई खाेज गरि माेतियाविन्दु भएका विरामीहरुलाइ मंसिर २०, २१ र २२ गते निशुल्क सल्यक्रिया गरिएकाे हाे । बुटवल आसपासमा रहेका बृद्दाश्रम, मानवसेवा आश्रम तथा विभिन्न वडाहरुमा स्थानिय सरकारकाे सहयाेगमा समुदायस्तरमा आँखा राेगीहरुलाइ खाेज गरि निशुल्क आैषधी वितरण गरिएकाे थियाे साथै माेतियाविन्दु भएका बिरामीहरुलाई निशुल्क सल्यक्रिया गरिएकाे हाे । उक्त कार्यक्रमबाट करिव १००० जना आँखा राेगीहरुकाे आँखा जाँच, करिव ४०० जना आँखा राेगीहरुलाई आँखा जाँच तथा आैषधी वितरण गरिएकाे थियाे भने १०६ जना विरामीहरुकाे माेतियाविन्दुकाे शल्यक्रिया गरिएकाे हाे । उक्त कार्यक्रम मा लाग्ने सम्पुर्ण औषधि को नि:शुल्क ब्यवस्थापन एभरेस्ट प्यारेन्टल्सले गरेको थियो ।

आर्थिक रुपले कमजाेर भएका ब्यक्तिहरुलाई लक्षित गरि आँखा शिविर सञ्चालन गरिएकाे र साेहीअनुसारका विरामीहरु यश शिविरबाट लाभान्वित भएकाे संस्थाका बुटवल शाखा अध्यक्ष विनाेद बस्यालले बताउनुभयाे । साथै सामाजिक क्षेत्रमा क्रियाशिल रहेकाे पहिलाे पाईला नेपालले सामाजिक सेवामुलक क्षेत्रमा गरिव, विपन्न, दलित ब्यक्तिहरु लक्षित कार्यक्रम गरिरहेकाे वताउदै यश कार्यक्रमबाट आँखाकाे ज्याेती कमजाेर भएका तथा आँखाका राेगीहरुलाई यश शिविरमा समावेश गर्न पाउँदा खुसी लागेकाे कुरा ब्यक्त गर्नुभएकाे थियाे ।

पहिलाे पाईला नेपालले सञ्चालन गरेकाे निशुल्क आँखा उपचार तथा माेतियाविन्दुकाे शल्यक्रिया गर्ने कार्यक्रममा मानवसेवा आश्रम बुटवल र तिलाेत्तमा बाट ११ जना माेतियाविन्दु आँखाकाे ज्याेती कमजाेर भएका बुवा आमाहरुकाे शल्यक्रिया गरेकाे जानकारी दिदै मानवसेवा आश्रम तिलाेत्तमाकि प्रमुख टीका थापाले पहिलाे पाईला नेपाल बुटवल शाखालाई धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे । कमजाेर भएकाे आँखाकाे दृष्टि फर्काउन पहिलाे पाईला नेपालकाे याे शिविरबाट सफल भएकाेमा खुसी ब्यक्त गर्दै बुटवल १५ निवासी ७८ बर्षिया शशिकला गाैतमले संस्थाकाे प्रगतिकाे कामना गर्नुभएकाे थियाे ।

सामाजिक क्षेत्रमा बिद्यमान समस्याहरुकाे निराकरणका निम्ति पहिलाे पाईला नेपालले सामाजिक सेवामुलक क्षेत्रमा निरन्तर क्रियाशिल छ । शिक्षा, स्वास्थ, सरससफाई, नेतृत्व तथा ब्यक्तित्व बिकासका क्षेत्रमा पहिलाे पाईला नेपालले सामाजिक कार्यहरु गरिरहेकाे छ ।

 
 
  
 

You may also like