पाल्पाको तिनाउमा मृत भेटिएका दुई व्यक्तिको पहिचान नखुलेपछि हुलीया सार्वजनिक

by समतल अनलाइन

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा मृत भेटिएका दुई पुरुषको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलीया सार्वजनिक गरेको छ । यही मंसिर १४ गते जिल्लाको तिनाउ गाउँपालिका–५ चर्चरे स्थित सिद्धार्थ राजमार्गको छेउमा अन्दाजी २०/२२ वर्षीय युवाको शव फेला परेको थियो ।

उक्त युवाको हुलीया सार्वजनिक गर्दै प्रहरीले उचाई ५ फिट ३ ईन्च, बायाँ हातको नाडीमा घडी र आँखाको ट्याटु, शरिरमा खैरो रङको ज्याकेट (वीनचिटर),हरियो रङको स्वीटर, कालो रङको ट्राउजर र कलेजी रङको टिसर्टसहित शव फेला परेको जनाएको छ । यसैगरी बैजनी रङको गल्बन्दी र सेतो सोलमा खैरो रङको कन्भर्स जुत्ता लगाएको हुलीया सार्वजनि गरेको छ ।

यसैगरी तिनाउँकै वडा नम्बर ३ तल्लो सिद्धबाबा नजिकै मंसिर १९ गते मँगलबार मृत फेला परेका पुरुषको समेत प्रहरीले हुलीया सार्वजनिक गररेको छ । उचाई ४ फिन ९ ईन्च, टाउको र घाँटीमा पहेलोमा रातो रंगको ओम नमःशिवाय श्रीराम लेखेको ३ वटा सल भिरेको, खैरो रंगमा कालो बुट्टे स्विटर, खैरो रंगको टिसर्ट, कालोमा सेतो धर्का भएको हाप पाईन्ट, कालो फित्तावाला चप्पल लगाएको, कालो रंगको भर्निे र पछाडि बोक्ने २ वटा झोला बोकेको, रुद्राक्ष माला लगाएको, वर्ण गहुँ गोरो, मंगोलीयन अनुहार भएको तथा दाह्री जुँगा पालेको हुलीया सार्वजनिक गरेको छ । ती पुरुषको उमेर अन्दाजी ५०÷५५ वर्ष भएको प्रहरीले अनुमान गरेको छ ।

 
 
  
 

You may also like