नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न

by समतल अनलाइन

संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न केन्द्रसँग माग

बुटवल । बुटवल नेपाली कांग्रेसले लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लु्म्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो।
सम्मेलनको समापनपछि उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले संघिय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे। ‘संघिय लोकतान्त्रीक गणतन्त्र अनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउन पर्यो । स्थानिय क्रियाशिल बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानिय समितिले गर्नुपर्छ।’ उनले भने ‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौ । ’
प्रदेश सभापति पुनले संघिय सरकारले पनि संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायनमान गराउन सम्मेलन मार्फत आग्रह गरिएको जानकारी दिए।
प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ सम्मेलनमा सुझाब उठेको छ । मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । संघदेखी वडा संरचनासम्म अरु पार्टी सँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताए ।
मुलुकका अहिले समस्या र उत्पन्न परिस्थितीका कुरालाई सबै मिलेर एकताबद्ध गर्न सैबै पार्टी जानुपर्छ भन्ने सन्देश दिएको छ ।
यस्तै कांग्रेसको क्रियाशिलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनले आग्रह गरेको छ ।
पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट सोतह प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखी लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।

शनिवार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो । कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा भएको बन्द सत्रमा केन्दीय सदस्यहरुको पनि सहभागीता रहेको थियो ।

बन्द सत्रमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्धारा प्रस्तुत सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष प्रकास रानाद्धारा प्रस्तुत प्रतिवेदन माथि ४ वटा समूह बनाएर छलफल भएको थियो । समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधि सँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरुले सुझाब व्यक्त गरेका थिए ।

समूहगत छलफलका सुझाबहरु समूहका नेताहरुले बन्द सत्रमा पेश गरेका थिए । प्राप्त सुझाबलाई समेत समेटिने गरि प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो । सम्मेलनको शनिवार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेसन प्रतिनिधि, जिल्ला सभापतिहरु, भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधि गरि ७ सय बढिको सहभागीता थियो ।

 
 
  
 

You may also like