नेताहरुप्रति बालेनको आक्रोश : ‘मिसन–८४’ ले देश बन्दैन, तिमीहरूलाई सक्काएर बन्छ

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन–८४’ देश नबन्ने टिप्पणी गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सक्काएर बन्छ ।’ मेयर बालेनले नेताहरुको कार्यशैलीलाई लिएर पटक–पटक कडा आलोचना र टिप्पणी गर्दै आएका छन् ।

 
 
  
 

You may also like