मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने

by समतल अनलाइन

बुटवल । यहि मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सम्मेलन गर्न लागेको जानाकारी दिएको हो । २ दिन सम्म चल्ने सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले बताए ।

सम्मेलनमा करिब ६ सय ७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुने उनले बताए । त्यस्तै समसामयिक विषय र विधान संशोधन बारे छलफल हुने उनको भनाई छ ।

सम्मेलनको मंसिर १६ गते उद्घाटन सत्र तथा १७ गते बन्द सत्रहुनेछ । सभापती पुनले सम्मेलनमा पार्टीभित्र रहेको गुटको राजनीतिलाई कसरी निष्तेज पार्ने भन्ने बारे पनि सम्मेलनमा छलफल हुने बताए ।

साथै सभापति पुनले पार्टी सभत्र प्रदेश र स्थानिय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको बताए । प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडातहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादेर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like