गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

by समतल अनलाइन

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ४ बस्ने १९ वर्षका विवेक झाँक्री मगरको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

सोमबार बिहान तम्घासबाट जेगिथुम तर्फ जाँदै गरेको लु ८७प ९८१ नम्बरको मोटरसाइकल र छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा एक आपसमा ठोक्कीएका हुन् । बससँग एक आपसमा ठोक्कीए घाइते भएका झाँक्रीलाई गुल्मी अस्पतालमा उपचारमा ल्याइएको थियो ।

अस्पतालमा ल्याएको केहि बेरमै उनलाई मृत घोषण गरिएको प्रहरीले जनाएको छ । महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा पढने झाँकी पढाइ सकेर तम्घासबाट घर तर्फ जाँदै थिए ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा १० जनाको टोली खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलसँग एक आपसमा ठोक्कीएको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like