नेपाल यमनसँग पराजित

by समतल अनलाइन

काठमाडौँ । नेपाल विश्वकप छनौटको दोस्रो चरणको खेल अन्तर्गत यमनसँग पराजित भएको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल यमनसँग २-० गोल अन्तरले पराजित भएको हो । यमनको जितमा खेलको ७२औँ मिनेटमा ओमार अब्दुल्ला दाहिले पहिलो गोल गरेका थिए भने खेलको ९०औं मिनेटमा मोहमद अबुल्लाह अल दाहिले दोस्रो गोल गरेका थिए ।

विश्वकप छनौटको समुह एचमा रहेको नेपालको यो दोस्रो हार हो । यसअघि नेपालले युएईसँग ४-० गोलको हार बेहोरेको थियो ।

समुह एचमा युएई, बहराइनले अ-आफ्नो पहिलो खेल जितेका छन् भने यमनले २ खेलमा पहिलो जित हासिल गरको छ । त्यस्तै नेपालले भने दुवै खेलमा हार बेहोरेको छ ।

अब विश्वकप छनौट अन्तर्गत नेपालले आगामी मार्च २१ मा बहराइनसंग खेल्ने तालिका रहेको छ ।

 
 
  
 

You may also like