सर्वोच्चले सरकारसँग सोध्यो टिकटक बन्द गर्नुपर्ने कारण

by समतल अनलाइन

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । मंसिर १९ मा पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ ।

सरकारले कात्तिक २७ मा लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने र पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुने गरी लगातार प्रचारप्रसार भइरहेको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।

सर्वोच्च अदालतमा टिकटक प्रतबन्धको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १३ वटा रिट निवेदन दर्ता भएका थिए । १२ रिट निवेदनमा टिकटक प्रतिबन्धको निर्णय खारेजी माग गरिएको थियो भने एक रिट निवेदनमा नियमन गरेर मात्रै टिकटक प्रतिबन्ध खोल्नुपर्ने माग थियो ।

 
 
  
 

You may also like