नमस्ते एकेडेमीका विद्यार्थी कराँते प्रतियोगितामा सहभागी हुन श्रीलंका प्रस्थान

by समतल अनलाइन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित नमस्ते एकेडेमीमा अध्ययनरत ७ जना विद्यार्थी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन श्रीलंका तर्फ प्रस्थान गरेका छन् ।

१० औं अन्तर्राष्ट्रिय जापान सोतोकन खुल्ला कराँते प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । विद्यार्थी , व्यवस्थापक , अफिसियल र टीम प्रशिक्षकलाई एक कार्यक्रमको आयोजना गरी बिहीबार बिदाई गरिएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै नमस्ते एकेडेमीका विद्यार्थीहरु देवकुमार शाह, आइलेसजङ्ग थापा ,अन्स चौधरी ,नितिशा श्रेष्ठ , हिमानी थापा मगर ,बेद जैसवाल ,वीरबहादुर कुमाल , व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवर ,टीम प्रशिक्षक कमरुद्दीन अली र अफिसियल शुलोचना घिमिरेलाई शुभकामना दिदै विदाई गरिएको छ ।

बिदाई कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापक उमेश कँडेलले आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो, विद्यालय र राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे ।
साथै विद्यार्थीहरुलाई खेल र मन दुवै जित्न आवश्यक रहेको उल्लेख गरे ।
नमस्ते एकेडेमीले यसअघि २०२२ मा श्रीलंका र २०२३ मा मलेसिया गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो ।

प्रतियोगिता १८ नोभेम्बर २०२३ हुँदैछ । श्रीलंकामा कराँते प्रतियोगिताका साथैशैक्षिक भ्रमण कार्यक्रम पनि रहेको व्यवस्थापक राजेन्द्र कुँवरले बताए। वादोरियो कराँते संघ लुम्बिनी प्रदेश उपाध्यक्ष जनेश पन्थीको अध्यक्षता र
शशस्त्र प्रहरीका डिएसपी किशोर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष शोभाखर पन्थीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो।
Rajendra

 
 
  
 

You may also like