बुटवलमा नेवार समुदायले मनाए नेपाल संवत्

by समतल अनलाइन

बुटवल । ‘हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो पहिचान सम्पूर्ण नेवारहरु एक हौं’- भन्ने नारासहित बुटवलमा नेवार समुदायहरुले नेपाल सम्वत् ११४४ मनाएका छन् । बुटवलका १५ वटा नेवा समितिहरुको संयुक्त आयोजनामा मँगलबार र्यालीसहित बुटवल बजार परिक्रमा गरि दिवस मनाएका हुन् ।

कुमारी, पंचकन्या, लाखे, बाजागाजा, झाकी र ब्यानरसहित विशाल र्याली बुटवल-११ माझगाउँबाट सुरु भई ईट्टाभट्टी, कालिकानगर, होराइजनचोक, देविनगर हुँदै पुन नेवा सेवा समितिको सचिवालय माझगाउँमै पुगेर समापन गरिएको थियो । नेवा सेवा: समिति माझगाउँका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवार समुदायलाई एकतावद्घ गरि नेवा कला, संस्कृतिलाई जगेर्ना गर्दे उद्देश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए । यसैगरी सचिव डिल्लीराम श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवार समुदायहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

र्यालीमा नेवा सेवा समिति, श्री नेवा पुच नेवा विकास परिषद, भिमसेन नेवा समाज, तिलोत्तमा नेवा मयजू खल, नेवा मिसादवु बुटवल, नेवा समाज अर्घाँची रुपन्देही, नेवा पुच दिपनगर, नेवा पुच तामनगर, नेवा पुच बुटवल ११, भिद्य नेवा समाज रानीगञ्ज, बुटवल नेवा समाज, नेवा सेवा समिति बुटवल, गणेश नेवा समाज मझगाउ, नेवा संस्कृति संरक्षण समिति देवीनगर र भिन्धो नेवा पुचको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like