हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण संख्या परिमार्जन : १,४०० बाट १,२०० झर्‍यो

by समतल अनलाइन

काठमाडौं । हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण संख्या परिमार्जन गरिएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र गाजाको सीमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट इजरायलीहरूको मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय रहेको बताइएको छ ।

स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार आक्रमणमा मृत्यु हुनेको ठूलो संख्या अक्टोबर ७ गरिएको हमास लडाकुहरूको आक्रमणबाट भएको थियो भने, केही रकेट प्रक्षेपणबाट भएको थियो । बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्यांकले देखाए अनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ । जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका थिए ।

मृतकको संख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र गाजापट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्यांक अनुसार इजरायल–हमास द्वन्द्वको यस चरणमा ३५४ इजरायली सैनिकको मृत्यु भएको छ । हमास लडाकुहरूसँगको लडाइँमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको बताइएको छ । हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनीहरू मारिएका छन् । एजेन्सी

 
 
  
 

You may also like