लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (शनिबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like