कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like