अभिनेत्री दिपाशा बीसीको निधन

by समतल अनलाइन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । शरीरमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिका सीईओ अजय मिश्रले जानकारी दिए ।

उनको मृत्युको कारण खुलिसकेको छैन । सुर्खेत घर भएकी दीपाशा अविवाहित हुन् । /0‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

 
 
  
 

You may also like