पहिलो पाइला बुद्धभुमी र वाणगंगा शाखाको सहकार्यमा भुकम्प पिडितलाई सामग्री हस्तान्तरण

by समतल अनलाइन

बुटवल ।” जहाँ दुख्छ त्यहा पहिलो पाइला नेपाल पुग्छ ” भन्ने भनाइका साथ पहिलो पाइला नेपाल को बिपतको साथी पहिलो पाइला अभियान अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको बिनाशकारी भूकम्पमा परेका पीडितहरुको लागि पहिलो पाइला नेपाल बुद्दभुमी शाखाको आयोजना र पहिलो पाइला नेपाल प्रस्तावित बाणगंगा शाखाको सह- आयोजनामा करिब रु. ३०,०००|- ( तीस हजार रुपैयाँ ) बराबरको आवश्यक सामाग्री हरु सम्बन्धित निकाय लाई हस्तान्तरण गरि सहयोग गरेको छ ।

यसैगरी विभिन्न समय मा विभिन्न विभिन्न अभियान हरु जस्तै पहिलो पाइला नेपाल शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला अभियान , पहिलो पाइला नेपाल आकस्मिक रक्तदान अभियान , पहिलो पाइला नेपाल न्यानो माया अभियान , पहिलो पाइला नेपाल १ रुपैयाँ अभियान हरु , मार्फत विभिन्न जिल्ला का समुदायहरु सहयोग गर्दै आएको यस सस्था का सचिब रुद्र पौडेल ज्यु ले जानकारी गराउनु भएको छ ।

पहिलो पाइला नेपाल प्र्स्ताबित बाणगंगा शाखा का संयोजक शेषकान्त मरासिनी को अध्यक्षता र पहिलो पाइला नेपाल बुद्धभुमि शाखा का सचिब रुद्र पौडेल ज्यु को संचालन मा कार्यक्रम भएको थियो । कार्यक्रम को संयोजकत्तो बुद्धभुमी शाखा का सह-सचीव दामोदर पौडेल र सरोज पौडेलले गर्नु भएको थियो ।

 
 
  
 

You may also like