लु.साँस्कृतिक नगरद्धारा भुकम्प प्रभावितलाई रु.१२ लाखको राहत सामाग्री सहयोग

by समतल अनलाइन

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले जाजरकोटका भूकम्प प्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।नगरपालिकाको तत्काल बसेको कार्यापालिकाको बैठकबाट भूकम्प प्रभावित परिवारलाई रु.१२ लाख बराबराको खाद्यन्न सामाग्री सहयोग गर्ने निर्णय गरेको हो ।नगरपालिकाका मेयर सजरुद्धीन मुसलमान,उपमेयर कल्पना हरिजन, वडा न.४ विनोद कुमार श्रीवास्तव,वडा न.६का वडाअध्यक्ष नईमुलहक मुसलमान,नगरपालिकाका विपद् व्यवस्थापन शाखाका संयोजक शेषराम यादव सहितको टिमले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सो राहत सामाग्री मंगलबार हस्तान्तरण गरिएको हो ।

सहयोग गरिएको राहत सामाग्री अन्र्तगत मसिनो चामल ९६ क्विन्टल,मसुरो दाल १ सय के.जी,तोरीको तेल १६ कार्टुन्,चिउरा प्याकेट १ सय के.जी,आयोडिन नुन १ सय के.जी,चाउचाउ ७५ कार्टुन्,ब्लांकेट १६० थान रहेको छ ।

सामाग्रीको विवरण जिल्ला प्रशासनलाई हस्तान्तरण गर्दै नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपत्ले निम्ताएको घाउलाई नगरपालिकाले मलम लगाएको बताएका छन् ।सरकारले चालेको एकद्धार प्रणाली अन्र्तगत यि राहत सामाग्री भुकम्प प्रभावित परिवारले पाएको पक्कै पनि महशुस गर्ने अपेक्षा समेत मेयरले राखे ।नगरपालिकाले आवश्यक पर्ने सहयोग आगामी दिनमा गर्ने बताउँदै भुकम्पबाट मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईते परिवारलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तै,राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका उपमेयर कल्पना हरिजनले नगरपालिकाले मानवीय सेवा गरेको बताईएकी छन् ।मानिसलाई आपतविपत् परेको बेला सरकार नजिक हुनु नै स्थानीय सरकारको दायित्व भएको उपमेयर हरिजनले उल्लेख गरिन् । साथै,उनले तिनै तहको सरकारले भुकम्प प्रभावितलाई उचित राहत उपलब्ध गराउने अनुरोध गर्दै विभिन्न सामाजिक संस्थाहरुलाई राहत अभियानमा सरिक हुन अपिल गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाई,जिल्ला प्रशासन रुपन्देहीका सहायक सि.डि.योद्धय धु्रव कुवंर र रामचन्द्र अर्यालको उपस्थिति रहेको थियो ।

साथै,सोही क्रममा लुम्बिनी होटल संघले नगरपालिकालाई भुकम्प प्रभावितलाई ७ वण्डल ओछ्याउने मेड सहयोग गरेको छ । सोही सामाग्री समेत जिल्ला प्रशासनलाई हस्तान्तरण गरिएको विपद् शाखा प्रमुख शेषराम यादवले जानकारी दिए ।

कात्तिक १७ गते शुक्रबार जाजकोट जिल्लालाई केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको भुकम्प गएको थियो । भुकम्पबाट धेरै जनधनको क्षेति भएको छ ।

 
 
  
 

You may also like