जाजरकोट भूकम्प : मृत्तक १४३ जनाको शव संकलन, १६६ जना घाइते

by समतल अनलाइन

जाजरकोट । जाजरकोटमा गए राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १४३ पुगेको प्रहरीले पुष्टि गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, जाजरकोटमा १०५ जनाको शव फेला परेको छ भने रुकुम पश्चिममा ३८ जनाको शव संकलन गरिएको छ । यस्तै जाजरकोटमा ८१ रुकुम पश्चिममा ८५ गरी १ ६६ जना घाइते भएका छन् ।

भूकम्पले भत्किएका संरचनाभित्र पुरिएकाहरूको खोजबिन र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका १२ सय बढीको टोली परिचालन गरिएको छ । घाइतेको अवस्था हेरी स्थानीय स्वास्थ्य संस्था, सुर्खेत र नेपालगन्जमा उपचार गरिँदै छ । केही गम्भीर घाइतेलाई काठमाडौँसमेत ल्याइँदै छ ।

दुर्गम पहाडी क्षेत्रमा छरिएका बस्ती, कमजोर घर संरचना, सडक र सञ्चारको समस्यालगायत कारण क्षतिको यकिन विवरण संकलनका साथै उद्धार र राहतमा समेत ढिलाइ भइरहेको छ । गए राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 
 
  
 

You may also like