ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

by समतल अनलाइन

काठमाडौँ । ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको हो ।

ओमानका लागि कप्तान जीशान मक्सूदले सर्बाधिक ३२ रन बनाएका थिए भने नसीम खुशीले २५, प्रतिक अथावालेले २४, आयान खानले १८, शकील अहमदले अविजित २२ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले सर्बाधिक ३ विकेट लिएका थिए । करणले ४ ओभरमा ४३ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने गुलशन झा र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

 
 
  
 

You may also like