काठमाडौं गोठाटारमा गोली चल्यो, एक जना घाइते

by समतल अनलाइन

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध तथा पेस्तोलसहित रहेका भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसपी रबिन्द्र रेग्मीले बताए ।

करिमको दाहिने तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ । करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल बरामद गरेको छ । यस्तै उनको साथबाट दुई सय ग्राम लागूऔषध ब्राउन सुगर पनि बरामद भएको एसपी रेग्मीले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like