सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

by समतल अनलाइन

काठमाडौँ । सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको टी-२० विश्वकप एशिया क्षेत्रको छनौट अन्तर्गतको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गर्दै सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको हो ।सिंगापुरका लागि रोहन रंगराजनले सर्बाधिक ४६ रन बनाए भने मनप्रित सिंहले २४, आर्यावीर चौधरीले ३७ रन अक्षय पुरीले १३ बनाएका थिए । सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २-२ विकेट लिएका थिए ।

 
 
  
 

You may also like