दोलखामा जीप दुर्घटना : दुई महिलाको मृत्यु, ६ घाइतेमध्ये पाँच गम्भिर

by समतल अनलाइन

दोलखा । दोलखामा गए राति जीप दुर्घटना हुँदा दुई महिलाको ज्यान गएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।
बिगु गाउँपालिका–२ ओराङमा बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना परेको हो । दुर्घटनामा बिगु–२ कै चिनीमाया तामाङ र बालमायी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ मध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिए । अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जीप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।

 
 
  
 

You may also like