त्रिदेशीय श्रृङ्खला : नेपाल आज हङकङसँग भिड्दै, दोस्रो जितको खोजी

by समतल अनलाइन

काठमाडौं । त्रिदेशीय टी–२० श्रृङ्खलामा आज (बिहीबार) नेपाल हङकङसँग भिड्दै छ । बिहान ११ बजेदेखि मुलपानी मैदानमा सुरु हुने खेलमा नेपालमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । हङकङको भने यो पहिलो खेल हो ।

यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको थियो । टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् ।

नेपालले तेस्रो खेल कार्तिक ४ गते पनि हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् । लिग चरणका सबै खेल मुलपानी हुनेछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कार्तिक १० गते हुनेछ ।

 
 
  
 

You may also like