प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै, के छन् कार्यक्रम ?

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (सोमबार) धनगढी जाँदैछन् । समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी जान लागेका हुन् ।

आजको सुदूरपश्चिम कार्यतालिका अनुसार प्रधानमन्त्री धनगढीबाट सिँधै लम्की प्रस्थान गर्नेछन् । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्व. महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अपरान्ह १२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनी करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्नेछन् । आज नै ५ः३० बजे श्री एयरलाइन्सको उडानबाटै काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ ।

 
 
  
 

You may also like