इजरायलमा मारिएका पाँच नेपालीको शव प्राप्त (सूचीसहित)

by समतल अनलाइन

काठमाडौँ । इजरायलमा मारिएका १० विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । इजरायलस्थित नेपाली दूतावासले पाँच जनाको शव प्राप्त गरेको जनाएको हो ।

ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो ।

सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । बाँकी पाँच जनाको शव प्राप्त हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ । प्राप्त गरेका शवहरू ढिला नगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

 
 
  
 

You may also like