बुटवल दिपनगरमा मदर एण्ड सन्स ई-रिक्सा ग्यारेज सञ्चालनमा

by समतल अनलाइन

बुटवल । बुटवल-७ दिपनगरस्थित “क” लाइनमा मदर एण्ड सन्स ई-रिक्सा ग्यारेज सञ्चालनमा आएको छ।

आइतबार घटस्थापनाको दिन बुटवल-७ का वडाध्यक्ष पदम गाहाले उद्घाटन गरेका छन ।

कार्यकममा बोल्दै वडाध्यक्ष गाहाले युवालाइ बिदेश पलायन हुन बाट रोक्ने हिम्मतका साथ स्वरोजगार मुलक ब्यवसाय सञ्चालन गरेकोमा आभार व्यक्त गरे ।

त्यस्तै हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण तिवारीले पछिल्लो समय ई- रिक्सा व्यवसायीले मनपरि भाडा लिने गुनासो आइरहेको बेला त्यसमा सचेत रहन आग्रह गरेका छ्न ।
अहिले सञ्चालक दिनेश भण्डारीले १० वटा ई-रिक्सा भाडामा दिएको जानकारी दिए। त्यस्तै उनले ई-रिक्सा मर्मत गर्नको लागि आफू जतिबेला पनि तयार गहेको बताए ।
साथै ई-रिक्सा चालक तथा विभिन्न सामाजिक क्षेत्रमा योगदान गरिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो।

 
 
  
 

You may also like