इजरायल द्वन्द्वमा मारिए रोयटर्सका पत्रकार

by समतल अनलाइन

काठमाडौँ । इजरायली सेनाले शनिबार लेबनानमा भएको आक्रमणमा रोयटर्सका पत्रकारको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमलामा रोयटर्सका पत्रकार इसम अब्दुल्लाह मारिएका हुन् ।

तर इजरायली सेनाले पत्रकारको मृत्युको जिम्मेवारी लिएको छैन । सेनाका प्रवक्ता रिचर्ड हेचले भने, ‘हामी यसबारे अनुसन्धान गरिरहेका छौँ ।’ यस आक्रमणमा एएफपीका २ जनासहित ६ पत्रकार घाइते भएको बीबीसीले जनाएको छ । एजेन्सी

 
 
  
 

You may also like