काठमाडौंमा गोली हानेर एक जनालाई समातियो

by समतल अनलाइन

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिबाट समेत पेस्तोल बरामद गरेको उपत्यका प्रहरी कार्यालय स्रोतको जानकारी दिएको छ ।

‘लुट्न आउँदैछ’ भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको अपराध महाशाखाका प्रमुख शोमेन्द्र राठौरले जानकारी दिए । प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ । काठमाडौंको बौद्ध क्षेत्रबाट उनलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिका बारेमा अहिले विस्तृत जानकारी दिइएको छैन ।

 
 
  
 

You may also like