भारतीय रियालिटी शो ईडिन्यन आईडलका रीतो रीवाले बुटवलमा प्रस्तुती दिने

by समतल अनलाइन

बुटवल। भारतीय रियालिटी शो ईडिन्यन आईडल १३ औं संस्करणका प्रसिद्ध कलाकार रितो रिवा आगामी असोज २६ गते शुक्रबार एक सांगितिक
कार्यक्रमका लागि बुटवल आउदैछन् । बुटवल ९ कालिका पथस्थित प्लान–बि क्लवको आयोजनामा हुने लाईभ कन्सर्टमा प्रस्तुती दिन ईन्डियन आईडलका
चर्चित कलाकार रीतो ८ जना सहयोगी कलाकारसहित बुटवल आउने भएका हुन ।

करिब १ हजार दर्शक क्षमता भएको प्लान–बि क्लवको सभाहलमा साँझ ८ बजेदेखि राती १ बजेसम्म संचालन हुने सांगितिक कार्यक्रममा ईडिन्यन आईडलका उत्कृष्ठ प्रस्तुतकर्ता रितोले प्रस्तुती दिने कार्यक्रम छ । संगित र
सांगितिक प्रस्तुतीमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रमको आवश्यक तयारी पुरा भएको आयोजक प्लान–बि क्लवका संचालक
कमल रानाले बताएका छन् । रीवाले १८ वटासम्म गीत गाउने संभावना रहेको संचालक रानाले बताए ।

भारतिय ग्राहकहरुलाई आकर्षित गर्ने र यसक्षेत्रको पर्यटन प्रबद्र्धन गरि आर्थिक बिकासमा टेवा पुराउने उद्देश्यले भारतबाट उच्च तहको कलाकार
बोलाईएको संचालक रानाले बताए । ‘हाम्रो मुख्य उद्देश्य यसक्षेत्रको ब्यापार ब्यबसायलाई गुल्जार बनाउन पर्यटन प्रबद्र्धनमार्फत आर्थिक बिकास
गर्ने हो, मुख्यतयाः धनाढ्य बर्गका भारतिय ग्राहकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गरि मनोरन्जन गराउने हो—रानाले भने ।’
रात्रीकालिन ब्यबसाय भएकोले उच्च सुरक्षा सतर्कता रहेको र सामान्यतयाः प्रबेश शुल्क ५ सय रहेको प्लान–बि क्लवमा आगामी शुक्रबारका लागि रु १००० र १५०० सयको टिकटको ब्यबस्था गरिएको क्लवका अध्यक्ष शुरेशकुमार श्रेष्ठले बताए । ‘प्रसिद्ध कलाकार आउने भएकाले सबै प्रकारका सुरक्षा ब्यबस्थाको
उचित प्रबन्ध मिलाएका छौं । हाम्रो आफ्नै आन्तरिक प्रयोजनका लागि सुरक्षा दस्ता (बाउन्सर टिम) छ र स्थानिय पालीका, प्रहरी, प्रशासनसँग पनि सहयोगका
लागि समन्वय भैरहेको छ ।’—अध्यक्ष श्रेष्ठले भने । सात जना स्थानिय युवाहरुको सक्रियतामा करिब १२ करोड रुपैयाँको लगानीमा संचालनमा आएको आधुनिक र सुबिधायुक्त प्लान–बि क्लवले हाल ६१ जना युवालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको क्लवका शेयर सदस्य जिवन काफ्लेले बताए ।
काफ्लेका अनुसार तिन महिनाअघि गत असार २३ गतेदेखि संचालनमा आएको सो क्लवमा दैनिक ३ हजारसम्म ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष रहेको छ ।

 
 
  
 

You may also like