कोशी र मधेसमा विहानैदेखि वर्षा, दिउँसो थप यी प्रदेशमा पनि हल्का पानी पर्ने

by समतल अनलाइन

काठमाडौँ । अहिले नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति भने कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like