आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

by समतल अनलाइन

काठमाडौं । सरकारले आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपाली मारिएको घटनामा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउनेछ ।

‘असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय भएको छ’, उनले भनेकी छन् । देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झसरण्ण्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो । बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासको आक्रमणमा परी शनिबार १० जना नेपालीको मृत्यु भएको थियो । मृत्युको पुष्टि भने आइतबार मात्रै भएको थियो ।

 
 
  
 

You may also like