तिलोत्तमाले ल्यायो सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा

by समतल अनलाइन

बुटवल।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा संचालन गरेको छ । नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो ।

निःशुल्क अटोरिक्साको सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटो रिक्सा साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाइै हस्तारन्तरण गरेर सुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले भौतिक र मानवीय विकास मात्रै नभई नगरवासीहरु पनि सेवा दिनका लागि निःशुल्क अटो रिक्सा संचालन गरिएको बताए । नगरपालिका र सेवाग्राही एकै सिक्का दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्मका सेवाहरु नगरबासीलाई प्रदान गर्ने बताए ।

तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवाग्राही नगरपालिकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटो रिक्सा संचालन गरिएको बताए । महिलाहरु पनि अवसर पाए जुन सकै काम गर्न सक्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको बताए । तत्कालका लागि एउटा मात्रै अटो संचालनमा ल्याइएको र पछि आवश्यकता अनुसार अटोको संख्या बढाउँदै लगिने नगर प्रमुख खाँणले बताए ।

यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले नगरपालिकाको कार्यालयमा जान आउनका लागि सार्वजनिक यातायातको सुविधा नभएकाले निःशुल्क अटो संचालनमा ल्याइएको बताइन् । आफ्नो सवारी साधन हुने सजिलैसँग आउने भए पनि नहुनेलाई धेरै दुःख भएको बताउँदै अब यो समस्या हट्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीहरुको सेवाप्रति जिम्मेवार र उत्तरदायी हुने पर्ने र सो कुरा नगरपालिकाले संचालन गरेको निःशुल्क अटोले पुष्टि गर्ने बताए । अटोरिक्सा सिट फुल वा १५ मिनेट मध्य जुन पहिला हुन्छ सोही अनुसार संचालन हुने बताए ।

 
 
  
 

You may also like