बुटवल उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेको उम्मेदवारी, जिताउन अपिल

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ निर्वाचनको माहौल तीव्र रूपमा अगाडि बढेको छ । बुटवलका उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेयको उम्मेदवारी रहेको छ ।
संघको यही १९ गते सुरु हुने अधिवेशनमा अहिले दुई प्यानल बनाएर उद्योगी व्यवसायीहरू नेतृत्व लिनको लागि मैदानमा पुगेका छन् ।

सोही क्रममा अहिले दिनेश श्रेष्ठ र हरि प्रसाद अर्यालले छुटा छुटै प्यानल बनाए मैदानमा उत्रिएका छन् ।

महालक्ष्मी मसाल उद्योगका प्रोप्राइटर कृष्ण प्रसाद पाण्डेले दिनेश श्रेष्ठको प्यानलबाट मैदान गएका छन् ।
युवा तथा सामाजिक रूपमा विभिन्न सङ्घ संस्थाको नेतृत्व गरेका पाण्डे व्यवसायी समस्याहरू नीतिगत रूपमा राज्य सँग पुराउन सक्ने क्षमता राख्ने दाबी गर्दछन् ।
उनले रुपन्देही किराना व्यावसायिक सङ्घको महा सचिव हुँदै अहिले सल्लाहकार रहेका छन् ।

यस्तै बुटवल उद्योग वाणिज्य सङ्घको बस्तुगत समिति सभापति रहेका छन् । मानव अधिकारी तथा शान्ति समाजको रुपन्देही सचिव समेत रहेका पाण्डेय प्रस्ट वक्ताको रूपमा चिनिन्छन् ।

बुटवलको मिलन चोकमा किरानावाट आफ्नो व्यवसाय सुरु गरेका पाण्डेय अहिले उद्योग सम्म बन्नको लागि सफल भएका हुन् । बुटवल उद्योग वाणिज्य सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । मतदान असोज २२ गते हुँदै छ ।

 
 
  
 

You may also like