बुटवलमा बजार अनुगमन: भ्याट सहित ७१२ प्रतिकेजी पर्ने जिरा खुद्रा व्यापारी द्वारा १३ सय रुपैयाँमा विक्रि

by समतल अनलाइन

बुटवल । आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको थियो ।

त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता समेत नदेखिएको अनुगमन समितिकी संयोजक समेत रहेकी उपप्रमुख सावित्रादेवी अर्यालले बताईन ।

अनुगमनका क्रममा चाडपर्वमा बढि विक्रि हुने जिरा, धनिया, चिनीको मुल्य एकरुपता समेत नदेखिएको उनले बताईन ।

अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याट सहित ७१२ रुपैयां प्रतिकेजी जिरा खुद्रा व्यापारीकहां पुगेपनि खुद्रामा भने प्रतिकेजी १ हजार ३ सय रुपैयां सम्म विक्रि हुने गरेको भेटिएको थियो ।

पवन किराना पसलले जिराको थोक विक्रि गर्दा प्रतिकेजी ७१२ रुपैयां परेपनि विष्णु किराना पसल सहितका खाद्यान्य पसलमा प्रतिकेजी १ हजार २ सय देखि १ हजार ३ सय रुपैयांमा विक्रि हुने गरेको भेटिएको थियो ।

अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेको छ ।

त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता नभएको भेटिएको छ । खाद्यान्य पसल अनुसार प्रतिकेजी चिनीको मुल्य ११० देखि १२० रुपैयां सम्म पर्ने गरेको अनुगमनमा भेटिएको थियो ।
अनुगम बुटवल उपमहानगरपालिकाका ठगिश्वर पोखरेल, सूचना अधिकारी तुल्सा शर्मा, पत्रकार, नगरप्रहरी, नेपाल प्रहरी सहितको टोलीले गरेको थियो ।

 
 
  
 

You may also like